बैशाख ०८, २०८१, शनिबार
               

प्रहरी कर्मचारीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

वीरगञ्ज । पर्सास्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरीका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ६० पुरूष र १५ जना महिला छन् । 

संक्रमित हुनेमा १२ वर्षदेखि ६८ वर्ष सम्मका रहेका छन् । मेसु उपाध्यायले संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना नेपाल प्रहरी तथा एक १५ वर्षीया किशोरी समेत रहेका छिन् । 

नारायणी अस्पतालका एक पुरुष र एक महिला कर्मचारीमा समेत कोरोना देखिएको मेसु उपाध्यायले बताए । 

त्यसैगरी वीरगन्ज बारुण नियणत्रका ३९ बर्षिय र ५० बर्षका २ जना पुरुष कर्मचारी, वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १६ बर्ष देखि ६८ बर्षका सम्मका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका–७ का २६ वर्षीय एक पुरुष, पर्सा जिल्ला पर्सागढी नगरपालिका–६ का ३२ बर्ष देखि ५० वर्षीय तीन पुरुष, पटेर्वा सुगौली गाँउपालिका–४ का २२ वर्षीय एक पुरुष, जिराभवानी गाँउपालिका–२ निवासी २२ वर्षीया एक महिला, पर्सा जिल्ला अमरपट्टी–४ निवासी दुई महिला, एक पुरुष र पकहामैनपुरु गाँउपालिका निवासी दुई जना पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी संक्रमण पुष्टि हुनेहरुमा बारा जिल्ला कलैया उपमहानगरपालिका–६ निवासी ३३ वर्षीय एक पुरुष, परवानीपुर–३ निवासी ३२ वर्षीय एक पुरुष, बारा जिल्ला फेटा गाँउपालिका–६ निवासी २२ वर्षीय एक पुरुष र सर्लाहीका ३६ वर्षीय एक जना पुरुष रहेका छन् ।

साउन १८ गते देखि २४ गते सम्मका स्वाब परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि