बैशाख ०७, २०८१, शुक्रबार
               

पहिरोमा १० वर्षीय बालकको मृत्यु

नेपाल फ्ल्यास
साउन २५, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

बाजुरा । गौमूल गाउँपालिका–५ ग्वानीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले जानकारी दिए । 

शनिबार राति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा भीके भाग्न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताए ।  

पहिरोमा परी चार बाख्रा मरेको र अन्य पशुचौपाया घाइते भएका छन् ।

थप उद्धारका लागि गौमूल गाउँपालिका घटमुनास्थित प्रहरीचौकीबाट घटनास्थलमा टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

केही दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानीय  तहका सयौँ बस्ती पहिरोको उच्च जोखिममा छन् । सडक, बिजुली, टेलिफोनलगायत सेवा अवरुद्ध  भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि