चैत १५, २०८०, बिहीबार
               

संक्रमित राखिएको होटलमा आगलागी, सातको मृत्यु

एजेन्सी
साउन २५, २०७७

ADVERTISEMENT

भारतको आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टरको रुपमा रहेको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा सात जनाको जलेर मृत्यु भएको छ । ४ जना भने बेपत्ता भएका छन् ।

आगलागीको समयमा करिब ३० जना व्यक्ति होटलमै रहेको अनुमान गरिएको छ ।

आगोले जलेर घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।

आन्ध्र प्रदेशका गृहराज्यमन्त्री मेकाथोटी सुचरिताका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो ।


कस्तो लाग्यो ?

यो पनि