बैशाख ०८, २०८१, शनिबार
               

१९ दिनपछि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो केही दिनदेखि रेकर्ड कायम भइरहेको सुनको मूल्यमा आज (आइतबार) भने ब्रेक लागेको छ ।

१९ दिनदेखि सुनको मूल्यमा ब्रेक लागेको हो । गत साउन ७ गतेदेखि सुनको मूल्यमा लगातार वृद्धि भइरहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँ घटेर एक लाख दुई हजार ६०० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन सुनको मूल्य एक लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँ नै घटेर एक लाख दुई हजार १०० रुपैयाँ कायम भएको छ । 

चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेर एक हजार ४१० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

गत साउन ७ गते छापावाल सुन प्रतितोला एक हजार ३०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको थियो । जुन मूल्य त्यतिबेलासम्मको सर्वाधिक थियो ।


कस्तो लाग्यो ?

यो पनि