बैशाख ११, २०८१, मंगलबार
               

प्रदेश ५ की सांसदलाई पनि कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

रुपन्देही । प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् ।

फेसबुकमा लेखेकी छन् ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्ता यता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पिसीआर जाँच गराउन अनुरोध गर्छु ।’

उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पिसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए ।

सांसद केसीले कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएको बताएकी छिन् ।

रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल पुगेकी थिइन् । उनको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले समुदायस्तरमा गरेको परीक्षणका क्रममा ४ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

उनका अनुसार संक्रमण पुष्टि हुनेमा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी, बुटवल १३ का नेकपाका स्थानीय नेता, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका श्रीमान् र भैरहवाका एक व्यक्ति रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि