बैशाख १३, २०८१, बिहीबार
               

संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै, 'लकडाउनबारे समीक्षा'

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

कोरोना संक्रमणविरुद्ध थप प्रतिकार्य योजना अनुमोदन गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ ।

आज विहान १० बजे बस्ने बैठकमा कोभिड–१९ सँग सम्बन्धित समस्या समाधानको विषयमा छलफल हुनेछ । 

बैठकले एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको पहिचान र खोजीलगायत काममा स्थानीय प्रहरी र स्थानीय वडासँग समन्वय गरेर काम गर्ने गरी स्थानीय टोल सुधार समितिलाई परिचालन गर्नेछ ।

बैठकलगत्तै गैरसरकारी संस्था र उद्योगी–व्यवसायी संघ संस्थाका प्रतिनिधिलाई पनि छलफलमा बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

उनले भने, ‘कोरोना संक्रमितको अवस्था विश्लेषण गरी लकडाउन मोडालिटीबारे समीक्षा गर्न बैठक बस्न लागेको हो, कोरोना भाइरसको संक्रमण बढेपछि हाल जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहले क्षेत्रगत रूपमा लकडाउन वा सिल गर्दै आएका छन्  ।

अब ठोस योजना सार्वजनीक हुने भएको छ ।’


कस्तो लाग्यो ?

यो पनि