बैशाख ०७, २०८१, शुक्रबार
               

थप एक कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय नेपालमा थप एक कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको जनाएको छ ।

उपचारको लागि भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको बताइएको छ । उक्त प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यका अनुसार उनलाई गत साउन १७ गते अस्पताल भर्ना गरिएको थियो ।

उनलाई आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ जना पुगेको छ । पछिल्लो मृतक पुरुषबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने जानकारी दिन बाँकी रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि