बैशाख ०८, २०८१, शनिबार
               

साम्राज्ञी र आनासँग फिल्म गर्दै मनिष

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

नायिकाद्वय साम्राज्ञी राज्य लक्ष्मी शाह र आना शर्माको अभिनय रहने नयाँ फिल्ममा ‘प्रेम गीत ३'का अभिनेता मनिष राउतले काम गर्ने भएका छन् । आफ्नो पहिलो फिल्म रिलीज नहुँदै राउतले अर्को फिल्ममा काम गर्न लागेका हुन् ।

सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा मनिष, साम्राज्ञी र आनाको अभिनय एकसाथ हेर्दा रोचक हुने अनुमान गरिएको छ । यो फिल्मलाई यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्दैछन् । 

पौडेलले फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट निर्देशन बिषय अध्ययन गरेका हुन् । फाइनल स्क्रिप्टमा काम भईरहेको यो फिल्मको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए ।

‘यूवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो चलचित्रमा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनिषलाई छनौट गरिएको हो । अब एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत छ । 

'हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ’, निर्देशक पौडेलले भने, ‘कमिङ् एजको कथामा हामीले दुई बर्ष देखी काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ’ ।

‘डक्टर डेनिम’को प्रस्तुतीमा बन्ने यस फिल्मका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् । सह निर्माता करन साउद हुन् ।
 


कस्तो लाग्यो ?

यो पनि