बैशाख ०६, २०८१, बिहीबार
               

युभेन्टसद्वारा प्रशिक्षक सार्री बर्खास्त

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

युभेन्टसले प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ। यूरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि युभेन्टसले २४ घण्टा नबित्दै प्रशिक्षक सार्रीलाई बर्खास्त गरेको हो ।

क्लबले शनिबार साँझ आफ्नो वेबसाइटमा सार्रीलाई पदमुक्त गरिएको उल्लेख गर्दै उनले गरेको योगदानका लागि धन्यवाद दिएको छ।

युभेन्टसले शनिबार सबेरै बिहान आफ्नै मैदानमा भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब लियोनमाथि २-१ गोलको जित निकाले पनि त्यो जित अन्तिम ८ मा पुग्न पर्याप्त भएन। पहिले लेगमा १-० गोलको हार व्यहोरेको युभेन्टस् समग्रमा २-२ गोलको नतिजा निकाले पनि अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो ।

सिजनको सुरुवातमा चेल्सी छोडेर युभेन्टस आएका सार्रीले च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्नु नै बर्खास्तीको मुख्य कारण रहेको बुझिएको छ । सार्रीको नेतृत्वमा युभेन्टस इटालियन सुपर कप र कोप्पा इटालिया दुवै प्रतियोगिताको फाइनलमा पराजित भएको थियो । युभेन्टसले अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई विकल्पका रुपमा हेरेको बुझिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि