चैत १६, २०८०, शुक्रबार
               

अवैध रुपमा आयात गरिएको कपडा बरामद

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । अवैध रुपमा आयात गर्दै गरिएको कपडा बरामद भएको छ । 

सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको दुई लाख मूल्यबराबरको कपडा बरामद गरेको हो । 

सो कपडा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ बाट शनिबार बरामद गरिएको बताइएको छ ।

भारतीय बजार बसहीबाट अवैध रूपमा ल्याउँदै गरेको कपडा अमतालनजिकको जमुनाघारीबाट  सशस्त्र प्रहरीले बरामद गरेको बताइएको छ । 

सशस्त्र प्रहरी बल बिओपीका अनुसार दुई साइकलमा राजश्व छलेर भारतबाट ल्याउँदै गरेको अवस्थामा कपडा बरामद गरिएको हो ।

सशस्त्र प्रहरीको टोली देखेपछि तस्करहरु भने साइकलसहित कपडा छाडेर फरार भएका बताइएको छ । सो क्षेत्रबाट यसअघि पनि सशस्त्र र जनपद प्रहरीले अवैध समान बरामद गर्दै आएको थियो । 


कस्तो लाग्यो ?

यो पनि