बैशाख ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमणबाट आफैँ सचेत हुनुपर्ने महानगरप्रमुख शाक्यको भनाइ

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणबाट बच्न सबै सचेत हुनुपर्ने बताएका छन् । 

कोरोना संक्रमण बढिरहेका बेला महानरपालिका प्रमुख विद्यसुन्दर शाक्यले शनिबार एक कार्यक्रममा यस्तो बताएका हुन् । 

‘कोरोना बढिरहेको याे अवस्थामा सबै पक्ष आफैँ सचेत नहुने हो भने सरकारले चाहेर पनि कोरोना नियन्त्रण गर्न सक्दैन,’ उनले भने, ‘मास्क लगाउनु आफू सुरक्षित हुनलाई मात्र होइन, अरुलाई सुरक्षित गर्नलाई पनि हो । यो अवस्थामा हामी यसरी नै सुरक्षित हुनु पर्छ । हामी आफै सुरक्षित नहुने हो भने सरकारले चाहेर पनि कोराना संक्रमणलाई नियन्त्रण गर्न सक्दैन।’

कोरोना संक्रमण बढिरहेका बेला उपत्यका छिर्नेहरुको संख्या बढिरहेका बेला त्यसलाई रोक्न खोज्दा आलोचना भएको भन्दै उनले सरकारले जे गर्दा पनि सडकमा जुलुस आइहाल्छ । तर जुलुस निकाल्दैमा कोरोना नभाग्ने बताए ।

यो पनि