बैशाख १३, २०८१, बिहीबार
               

भिरबाट लडेर एकको मृत्यु

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरीडाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार बहिनीको घरमा जाँदै गरेका उनको भिरबाट लडेपछि उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । 

शव परीक्षणका लागि आज बिहान त्रिशूली अस्पतालमा ल्याइएको छ । 


कस्तो लाग्यो ?

यो पनि