बैशाख ११, २०८१, मंगलबार
               

ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका जाने

एजेन्सी
साउन २४, २०७७

ADVERTISEMENT

इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका जाने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका जान लागेका अधिकारीहरुले पुष्टि गरेका छन् ।

‘राष्ट्रपति कार्यालय ह्वाइट हाउसले यहि २० अगस्टमा उनी अमेरिकाको वासिङ्टन आउनुहुने र राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,  ह्वाइट हाउसद्वारा शुक्रबार अबेर जारी वक्तव्यमा लेखिएको छ ।

वक्तव्यका अनुसार दुई देशबीचको सम्बन्ध संकटमा परिरहेका बेला भेटवार्ता हुन लागेको हो । उहाँहरुका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

२० अगस्टमा हुन लागेको भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउँदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ । 

यो पनि