बैशाख १३, २०८१, बिहीबार
               

भारतमा एकैदिनमा ६१ हजार पाँच सयभन्दा बढी सङ्क्रमित

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।

त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९३३ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।  योसँगै शनिबारसम्ममा भारतमा कुल संक्रमितको संख्या २० लाख ८८ हजार ६१२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ४२ हजार ५१८ पुगेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयले भारतमा अहिले पनि छ लाख १९ हजार ८८ जना संक्रमित अवस्थामै रहेको स्पष्ट पारेको छ । त्यसैगरी १४ लाख २७ हजार ६ जनालाई भने निको भइसकेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित रहेको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ४५ हजार ८८९ जना अहिले पनि संक्रमित रहेका छन् । त्यहाँ कुल संक्रमितमध्ये तीन लाख २७ हजार २८१ जना संक्रमणमुक्त भइसकेका छन् । महाराष्ट्रमा मात्रै कोरोनाका कारण अहिलेसम्म १७ हजार ९२ जनाको मृत्यु भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि