चैत १५, २०८०, बिहीबार
               

रोनाल्डोको २ गोलले खेल जिते पनि युभेन्टस च्याम्पियन्स लिगबाट आउट

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

इटालियन च्याम्पियन युभेन्टस युईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

शुक्रबार घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा फ्रान्सेली क्लब लियोनलाई २-१ ले पराजित गरे पनि युभेन्टस अवे गोलका आधारमा च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको हो ।

पहिलो लेग १-० ले जीतेको लियोनले दोस्रो लेगको १२औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए ।

तर, लियोनको अग्रता ४२ मिनेटभन्दा बढी समय टिकेन युभेन्टसले पनि ४३औँ मिनेटमा पेनाल्टी पायो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

रोनाल्डोले नै खेलको ६०औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रको बाहिरबाट रोनाल्डोले बायाँ खुट्टाले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक लोपेसले बचाउने प्रयास गरे पनि उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसपछि खेलमा कुनै पनि गोल भएन र समग्रमा लियोन अवे गोलका आधारमा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । लियोनले अब क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि