बैशाख ०८, २०८१, शनिबार
               

अपडेटः कहाँ कति छन् कोरोना संक्रमित ?

एजेन्सी
साउन २४, २०७७

ADVERTISEMENT

विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन .डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । 

कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख २४ हजार १८६ जनाको  मृत्यु भएको पनि सो संगठनले जनाइएको छ ।  

सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ९५ लाख ४९ हजार ९०१ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । ती मध्ये एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।  

विश्वभरमा  हाल ६२ लाख ७५ हजार ८४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।

संक्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १०४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४६ लाख २५ हजार ४५४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख ५६ हजार ८०३ जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा ५९ लाख ९६ हजार ४०२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख १० हजार ५१० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ । 

एसिया ४८ लाख ६८ हजार ७४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ६ हजार ७४२ जनाको मृत्यु भएको छ । 

अफ्रिकामा दश लाख २५ हजार ४६४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २२ हजार ५५३ जनाको मृत्यु भएको छ ।  

ओसियानामा २२ हजार ५७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३०४ जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि