चैत १६, २०८०, शुक्रबार
               

कानून व्यवसायीलाई प्रशिक्षण

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेमोक्रेटिक लयर्स् एशोसिएशन (डिएलए) को संयोजनमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रजातान्त्रिक कानून व्यवसायीलाई समाजवाद, सामाजिक न्याय र कांग्रेसको रणनीति, कांग्रेसले तय गरेका नीति, डिएलए र काँग्रेसको सम्बन्ध, पार्टीको विधान तथा वर्तमान सरकारका कमजोरीका विषयमा शुक्रबार प्रशिक्षण दिइएको हो । 
 
कार्यक्रमको उद्घाटन गर्दै कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मुलुकमा राजनीतिक रुपमा महत्वपूर्ण परिवर्तन भए पनि तिनको संस्थागत विकास र कार्यान्वयन हुन बाँकी रहेको बताए । जनताको आधारभूत आवश्यकता पूरा गरी विकासको गति लिनुपर्ने अवस्थामा सरकार निरपेक्ष देखिएको टिप्पणी गर्दै उनले यस्तो अवस्थामा लोकतन्त्रमा विश्वास गर्ने सबै पक्षले गम्भीर हुनुपर्ने विचार व्यक्त गरे । 

डिएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको सभापतित्वमा जुम प्रविधिमार्फत भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहाल, नीति निर्देशक डा. जगदिशचन्द्र पोख्रेल, अनुसन्धान निर्देशक डा. सूर्य ढुङ्गेल, प्रशिक्षण निर्देशक खिलानाथ दाहाल तथा प्रतिष्ठानका सदस्य राजु नेपालको प्रस्तुति रहेको थियो । डिएलएका महासचिव लक्ष्मी दाहाल रावलले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्षद्वय डा. सुषमा बाँस्कोटा र सुरेश पौडेलले विषय सन्दर्भमाथि मन्तव्य दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि