बैशाख १४, २०८१, शुक्रबार
               

१९४ यात्रु सवार विमान दुर्घटनाग्रस्त

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटना भएको छ ।

बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको हो । 

बीबीसीका अनुसार, विमानमा चालक दलका ६ सदस्यसहित १९४ जना यात्रु थिए । विमान दुबईबाट आइरहेको थियो । विमानमा १० जना बच्चाहरु थिए ।

दुर्घटनामा एक पाइलट र दुई यात्रुको मृत्यु भएको आजतकले उल्लेख गरेको छ ।

स्थानीय समयअनुसार साँझ साढे सात बजेतिर कोजिकोड एयरपोर्टमा अवतरण क्रममा बिमान रनवेबाट चिप्लिएर दुर्घटना भएको हो । 

त्यस समयमा भारी वर्षा भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, विमान दुर्घटना भए पनि विमानमा आगलागी भएको छैन ।

यात्रुहरुको उद्धार गरिएको छ । केही यात्रुहरु घाइते भएका छन् ।

दुर्घटनापछि विमान दुई टुक्रा भएको छ । 

अपडेटः दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि