बैशाख ०८, २०८१, शनिबार
               

कोभिडविरुद्धकाे भ्याक्सिनले पहिलो पटक बुधबार स्वीकृति पाउने

एजेन्सी
साउन २३, २०७७

ADVERTISEMENT

कोभिडविरुद्धकाे भ्याक्सिनले आउँदो बुधबार स्वीकृति पहिलो पाउने भएको छ । मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको उक्त भ्याक्सिनले स्वीकृति पाउन लागेकाे हाे । 

रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइने खुलासा गरे ।यसअघि भ्याक्सिन निर्माणबारे प्रतिक्रिया दिदैं विश्व स्वास्थ संगठनले हतार नगर्न चेतावनी दिएको थियो ।

तर रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले भने ‘गामेलेई सेन्टरमा विकास भएको भ्याक्सिनको दर्ता अगस्ट १२ मा हुनेछ,’ रुसी सञ्चारमाध्यम आरटीकाअनुसार शुक्रबार बिहान ग्रिडनेभले पत्रकारसँग भनेका थिए,‘अहिले अन्तिम चरण अर्थात् तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको छ । यो परीक्षण हो र अति महत्वपूर्ण छ । हामीले यो बुुझ्न जरुरी छ कि भ्याक्सिन आफैंमा सुरक्षित हुनैपर्छ ।’

गत १८ जुनमा मस्कोस्थित सेचेनोभ विश्वविद्यालयमा भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भएको थियो । ३८ स्वयंम्सेवक सहभागी भएको अध्ययनमा यसले सुरक्षा प्रोटोकल पूरा गरेको रुसको दाबी छ । रुसका अनुसार क्लिनिकल ट्रायलमा सहभागी सबैमा संक्रमणविरुद्ध इम्युनिटी विकास भएको थियो । 

रुसले तिव्र गतिमा भ्याक्सिन निर्माण गर्न सफल हुँदा पश्चिमा देशका केही व्यक्तिहरुको आँखीभैं ठाडो भएको पनि आरटीमा प्रकाशित समाचारमा उल्लेख छ । 

यस भ्याक्सिनका बारेमा सेचेनोभका शीर्ष वैज्ञानिक भादिम तारासोभले भने 'रुसले पछिल्ला २० वर्ष भाइरसको अध्ययनबारे क्षमता विकासमा काम गरिरहेको छ र कसरी भाइरसहरू फैलन्छन् भन्नेबारे बुुुुझ्ने गर्ने प्रयास गरिरहेको छ,’ समाचारमा उल्लेख छ । 

समाचारमा उल्लेख भएनुसार एडेनोभाइरस नामक कमन कोल्डमा आधारित रहेर रुसले भ्याक्सिन विकास गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि