बैशाख ०७, २०८१, शुक्रबार
               

अर्थमन्त्रीको अध्यक्षतामा बजेट र मौद्रिक नीतिका प्रावधान कार्यान्वयनमा छलफल हुँदै

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बजेट र मौद्रिक नीतिका प्रावधान कार्यान्वयन गर्न छलफल भइरहेको छ ।

चालू  आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य एवम् मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारी, घरेलु, साना तथा मझौला उद्यम एवं कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक-कर्मचारीको पारिश्रमिक भुक्तानी व्यवसाय सञ्चालनका लागि खडा गरिने कोषको कार्यान्वयन, नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बिमा तथा कोरोना रोगको बीमा बैठकका मुख्य एजेन्डा भएको बताइएको छ । 

मन्त्रालय स्रोतका अनुसार बैठकमा अर्थमन्त्री डा. खतिवडाले बजेट तथा मौद्रिक नीतिमा सरकारले लिएका प्रावधानको यथाशीघ्र कार्यान्वयनमा लाग्न सबै निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको सो समितिको बैठकमा मातहतका निकायले मन्त्रीलाई गत वर्षको समीक्षासहित चालू आवको सुरुवाती प्रगति र कार्यक्रमबारे जानकारी दिएका थिए ।

यो पनि