चैत १५, २०८०, बिहीबार
               

न्युरोड–असन–टेकु क्षेत्र सिल गरिने

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं — कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले मुख्य यी व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सिल गर्न लागिएको छ । केहीबेर अघिको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने गरी तयारी भएको बताए । 'स्वास्थ्य मन्त्रालयबाट औपचारिक जानकारी आएपछि घोषणा गर्ने छाैं,' उनले भने ।


कस्तो लाग्यो ?

यो पनि