चैत १६, २०८०, शुक्रबार
               

भारतमा संक्रमितको सङ्ख्या २० लाख नाघ्यो

एजेन्सी
साउन २३, २०७७

ADVERTISEMENT

नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । 

गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस संक्रमितमध्ये १३ लाख ७८ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । 

भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७.३० प्रतिशतले बढेको पाइएको छ । 

भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार ५८५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या भने बृद्धि भएको देखिएको छ । 

भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली छन् । 


कस्तो लाग्यो ?

यो पनि