बैशाख १३, २०८१, बिहीबार
               

युवतीलाई होटलको जागिर भन्दै यौनधन्दामा लगाउने पक्राउ

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले युवतीलाई होटलको जागिर भन्दै यौनधन्दामा लगाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । कैलालीस्थित ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ घर भइ अहिले गोदावरी नगरपालिका–२ बस्ने २८ वर्षीय हर्कबहादुर बोहरालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका ती पुरुषलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

पक्राउ ती युवकले धनगढीस्थित बस्ने– दुईजना युवतीहरुलाई काठमाडौंबाट होटलमा जागिर छ भन्दै ललाईफकाई अत्तरियास्थित बोहरा होटलमा लगेको प्रहरीको भनाइ छ । त्यपछि पक्राउ गरेका बोहराले धम्काएर पीडित युवतीहरुलाई होटलमा आउँने ग्राहकहरुसँग यौनधन्दामा लगाउने गरेको बताइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि