चैत १६, २०८०, शुक्रबार
               

फेरि एक भारतीय अभिनेता समीर शर्मा मृत भेटिए

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा विभिन्न कलाकार तथा अभिनेताको मृत्यु भएको समाचार धेरै मिडियामा आइरहँदा फेरि एक टेलिभिजन अभिनेता मृत अवस्थामा भेटिएका छन् । अभिनेता समीर शर्माको शव मुम्बईस्थित घरमा भेटिएको हो ।

उनले आत्महत्या गरेको भारतीय  प्रहरीले आशंका गरेको छ । जानकारी अनुसार ४४ वर्षीय मृतक अभिनेता शर्माले ‘क्यों कि सास भी कभी बहू थी,’ ‘कहानी घर–घर की’ र ‘ये रिश्ते है प्यार के’ जस्ता टेलिसिरियलमा काम गरेका थिए ।

बुधबार राति आफ्ने फल्याटमा शर्माको शव भेटिएको प्रहरीले जनाएको छ । बेंगलुरुबाट मुम्बई आएपछि सन् २००३ देखि उनले अभिनय यात्रा सुरु गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि