बैशाख १४, २०८१, शुक्रबार
               

'माया गरौँला' भन्दै पल-उषा र सुधिर-सुनिशाको जोडी

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

पल शाह, उषा उप्रेती, सुधिर श्रेष्ठ र सुनिशा बजगाईं अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘माया गरौँला’ बोलको गीतको भिडियोमा पल र उषा जोडी बनेका छन् भने सुधिरसँग सुनिशाले जोडी बाधेकी छन् । भिडियोमा उनीहरूलाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सरोज वली र अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीतमा दिनेश थपलियाले शब्द तथा कृष्ण भारद्वाजको संगीत छ ।

सरोज वलीकै निर्देशनमा तयार भएको भिडियोमा विक्रम स्वाँरको कन्सेप्ट तथा कोरियोग्राफी छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई अमन मानन्धरले सम्पादन गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि