चैत १५, २०८०, बिहीबार
               

७५ रुपैयाँ तिर्दा हेर्न पाइन्छ यी नयाँ चलचित्र

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

कोरोनाका कारण चलचित्र हलहरु बन्द भए । लकडाउनमा घरमा थुनिएर बस्नु पर्दा डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने दर्शक बढे । नेटफ्लिक्स, डिज्नी हटस्टार जस्ता डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने दर्शकको संख्या उच्च रह्यो । 

तर, डिजिटल प्लेटफर्ममा नेपाली चलचित्र भन्दा पनि विदेशी चलचित्र र सिरिज हेर्ने दर्शकको संख्या बढि थियो । नेपालमा पनि पछिल्लो समय डिजिटल माध्यमबाट चलचित्र हेर्ने शैलीको विस्तार हुँदैछ ।

डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने दर्शकको लागि खुसीको खबर हुन सक्छ, शुक्रबार ‘दामी म्युजिक’ नामक एक एप्सले चार नेपाली चलचित्र रिलिज गर्ने भएको छ । चलचित्र ‘सेल्फी किङ्ग, घामड शेरे, हजार जुनी सम्म, शुभ लभ’लाई दामी म्युजिकले एकसाथ रिलिज गर्न लागेको हो ।

दामी म्युजिक एप्समा दर्शकले एउटा चलचित्र मात्र ७५ रुपैयाँमा हेर्न सक्नेछन् । यी चलचित्रहरु नेपाल भित्रबाट हेर्न मिल्नेछ । बुझिए अनुसार, अब हरेक हप्ता दामी म्युजिक एप्सले एक नयाँ चलचित्र रिलिज गर्ने तयारी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि