बैशाख १२, २०८१, बुधबार
               

केकीको रिप्लेसमा लक्ष्मी

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

निर्माणको तयारीमा रहेको चलचित्र 'विच्छेद'का लागि अभिनेत्री हेरफेर भएको छ । चलचित्रको लागि निर्माण पक्षले केकी अधिकारीलाई पक्का गरेको थियो । तर, केकीले चलचित्रबाट हात झिक्दा निर्माण पक्षले अभिनेत्री लक्ष्मी बर्देवालाई चलचित्रमा भित्राएको छ । 

‘विच्छेद’ साइन गरे लगत्तै केकीले ‘परदेशी २’ साइन गरिन् । केकीलाई समय मिलाउन सक्ने विश्वास थियो । तर, चलचित्रको छायांकनमा केकीले समय मिलाउन नसक्दा उनले 'विच्छेद'बाट हात झिक्नु परेको हो ।

सत्यराज चौलागाईंको निर्देशनमा बन्न लागेको चलचित्रका लागि मुकुन भुषाल पहिल्यै पक्का छन् । त्यसैले अब चलचित्रमा लक्ष्मी र मुकुनको जोडी देखिनेछ । 

कोरोनाका कारण चलचित्रको छायांकन प्रभावित भएको छ । अब भने तिहारपछि मात्रै चलचित्रको छायांकन गर्ने निर्माण पक्षको योजना छ । चलचित्रलाई राज पण्डित र सुवास राईले लगानी गर्नेछन् ।

यो पनि