बैशाख १४, २०८१, शुक्रबार
               

कपिलवस्तुमा १० दिनका लागि निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ । 

कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि १० दिनका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । 

प्रशासन कार्यलयले एक सूचना जारी गरी साउन २३ गते बिहान ५ बजेबाट लागू हुने गरी साउन ३२ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जानकारी दिएको छ । 

सो जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएको छ । शुक्रबारमात्रै यस जिल्लामा २५ जनामा  कोरोना संक्रमण  पुष्टि भएको छ । कोरोना पुष्टि हुने बैंकका कर्मचारी र स्वास्थ्यकर्मी रहेका छन् । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कपिलवस्तुमा समुदाय स्तरमानै देखिएकोले १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नुपरेको बताइएको छ । 

शुक्रबार बिहान ५ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने र प्रशासनको सूचना उल्लंघन गरे कानुनबमोजिम कारबाही गर्ने प्रशासनले जानकारी दिएको छ । 

यस अवधिमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यलय, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवाहरु पूणर्न रुपमा बन्द गरिनेछ ।

मालवाहक ढुवानीका साधान भने सञ्चालन हुने बताइएको छ । त्यसैगरी,जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिनेछ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोरबिजोर प्रणालीबाट संचालन हुनेछन् ।

कपिलवस्तुमा संक्रमित हुनेको संख्या ८ सय ४० पुगेको छ  भने  ७ सय ४७ जना निको भएका छन् ।

यो पनि