चैत १६, २०८०, शुक्रबार
               

आन्तरिक हवाई उडान कम्तिमा १५ दिन पर सार्ने सरकारको तयारी

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं ।सरकारले आन्तरिक हवाई उडान कम्तिमा १५ दिन पर सार्ने तयारी गरेको छ ।

केही दिन अघि भदौ १ बाट खुला गर्न लागेको आन्तरिक तथा बाह्य उडान सेवा  राजधानी काठमाडौंलगायतका स्थानमा ह्वात्तै बढेपछि कम्तीमा १५ दिन पर सार्ने तयारी गरेको हो । 

यसैअनुरुप नेपाल नागरिक प्राधिककरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सरोकारवाला निकायबीच उडान सेवा सुरु गर्ने विषयमा छलफल भएको छ। 

सो छलफलमा सहभागी अधिकांशले संक्रमण जोखिम बढ्दै गएकाले मन्त्रालयले उडान सेवा तत्काल शुरु नगर्न सुझाव दिएका थिए । तर, यसबारे औपचारिक निर्णय भने भइसकेको छैन । 

यो पनि