बैशाख १२, २०८१, बुधबार
               

वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका मृतकमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं  । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका मृतकमा पनि कोरोना पुष्टि भएको छ । 

 वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

उनी मधुमेह र मुटुरोगी भएको बताइन्छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पतालको कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

सो अस्पतालमा उपचाररत उनमा उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको सो अस्थायी अस्पतालले जानकारी दिएको छ । बिहीबार नै काठमाडौंको ओम अस्पतालमा निधन भएकी महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनी पनि श्वासप्रश्वासकी बिरामी भएकाले सो अस्पतालमा भर्ना भएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि