चैत १६, २०८०, शुक्रबार
               

भीमफेदी–कुलेखानी पुनः सञ्चालन

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–२ फाखेलको सल्लेरी र सुकौरामा गएको काठमाडौं हेटौँडातर्फको फाखेल सडकखण्डमा यातायात सेवा पुनः सञ्चालनमा ल्याइएको स्थानीय फाखेल प्रहरीचौकीले जनाएको छ ।

बुधबार दिउँसो आएको अविरल वर्षाका कारण गएको पहिराले स्थानीय सल्लेरी र सुकौरा सडकमा ७–८ ठाउँमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जानेतर्फको यातायात सेवा बिहीबार बिहानैदेखि अवरुद्ध भएको थियो ।

काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आइरहेको सयौँ सवारी साधन पहिरो पन्छाइएपछि कुलेखानी हुँदै काठमाडौँ र काठमाडौँबाट कुलेखानी हुँदै हेटौँडातर्फ यातायात सेवा सञ्चालनमा रहेको पनि भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।

यसैगरी, त्रिभुवन राजपथको नौविसे सडकखण्डदेखि हेटौँडासम्मको सडकखण्डमा अहिले दैनिक यातायात सेवा सञ्चालमा रहिरहेको र काठमाडौँ उपत्यकाको लागि आवश्यक इन्धन, खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा र औषधि आपूर्तिको लागि वीरगञ्जबाट काठमाडौँतर्फ दैनिक यातायात सेवा सञ्चालित भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि