बैशाख १२, २०८१, बुधबार
               

ओम अस्पतालमा निधन भएकी महिलामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जना थप भएका छन् । 

ओम अस्पताल चाबहिलमा उपचारका क्रममा निधन भएकी धनुषा मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या वृद्धि भएको हो । 

उनी दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका बिरामी थिइन् ।श्वासप्रश्वासमा समस्या र पेट दुखेपछि उनलाई धनुषाबाट काठमाडौं ल्याइ ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

अस्पतालले उपचारकै क्रममा उनको मृत्यु भएको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि