बैशाख ०६, २०८१, बिहीबार
               

पहिलेजस्तै अब देशभर लकडाउन हुँदैन : सञ्चारमन्त्री खतिवडा

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्।  

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले यस्तो जानकारी दिएका हुन् । 

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै भने, ‘सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा छैन,’उनले भने,  ‘ठाउँ-ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएजस्तो मुलुकभर लकडाउन हुँदैन । यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन हुन्छ ।’

यसैगरी उनले अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको  बताए । संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्न सक्ने बताउँदै पहिलेजस्तो देशभर लकडाउन भने नगर्ने बताए ।

सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबाटदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर-बिजोर प्रणाली लागू गरेको छ।

यो पनि