बैशाख ०७, २०८१, शुक्रबार
               

कसरी छिर्‍यो अख्तियारमा कोरोना ?

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक नायब निरीक्षक- सईलाई एक साताअघि कोरोना संक्रमण देखिएको थियो ।

स्रोतका अनुसार ती प्रहरी अधिकारी ‘रङ्गे हात’ अप्रेसनमा कार्यरत थिए तर उनी काठमाडौं उपत्यकाभन्दा बाहिर गएका थिएनन् । सईलाई कोरोना देखिएपछि अख्तियार प्रशासनले सुरक्षाकर्मी र कर्मचारीको धमाधम कोरोना परिक्षण गराएको थियो ।

बुधबार मात्र त्यहाँ कार्यरत ९ जना प्रहरी र एक जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित ती सबै ९ जना प्रहरी अख्तियारको सुरक्षा व्यवस्थापनमा खटिएका थिए ।

बिहीबार पनि त्यहाँ कार्यरत २२ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार संक्रमित यी सबै २२ जना पनि सुरक्षा व्यवस्थापनमा कार्यरत थिए । ‘ प्रहरीमा धेरै देखिएकाले मेसबाट फैलियो कि भन्ने आशंका छ’, अख्तियारका एक उच्च अधिकारी भन्छन् ।  अख्तियारले पिसिआर परीक्षण नगराएकालाई घरमै बस्न निर्देशन दिएको छ। अख्तियार कार्यालय सिल गरिएको छ ।

कोरोना सर्वोच्च अदालतदेखि प्रचण्ड निवाससम्म 

पछिल्लो समय कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलँदो छ । राजधानीका प्रहरी प्रधान कार्यालय, सर्वोच्च अदालत, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवाससम्म कोरोना भित्रिएको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत ८५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । बिहीबार मात्र १० जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरि ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

बुधबार सर्वोच्च अदालतमा कार्यरत एक जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि