चैत १६, २०८०, शुक्रबार
               

बिहीबार थप ३६० जनालाई काेराेना संक्रमण

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।  

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । आजसम्म ४ लाख १९ हजार ५७५ जनाकाे पिसिआर परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ ।

आज देशभर सकृय संक्रमितकाे संख्या ६ हजार २९६  जना छन् भने १५ हजार ३८९ जना काेरोनामुक्त भएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि