बैशाख ०८, २०८१, शनिबार
               

प्रहरी हेडक्वाटरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रहरी प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ । 

संक्रमित प्रहरीलाई अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

यसैबीच, मुलुकभर नेपाल प्रहरीका ३१९ जना अधिकारी संक्रमित छन् । तीमध्ये ११९ जना निको भएर काममा फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि