बैशाख ०६, २०८१, बिहीबार
               

प्रदेश १ मा बाढीपहिरो र चट्याङबाट १६ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

प्रदेश १ मा बाढीपहिरो र चट्याङबाट १६ जनाको मृत्यु भएको छ । 

यस वर्षको बाढीपहिरो र चट्याङले  प्रदेशमा १६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका आन्तरिक मामिला तथा कानुन न्त्रालयले जानकारी दिएको छ । 

मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भनिने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर निवासी जिता राई, म्याङ्लुङ–६ तेह्रथुम निवासी अन्जना लिम्बू, मेचीनगर–९ झापा निवासी विवेद दर्नाल, भद्रपुर–२ झापा निवासी अंकुश तामाङ, करण थामी, र अर्जुन थामी, सुनवर्षी–६ र ५ निवासी नृतकला केवरत र महादेवलाल केवरत, मकालु–२ सङ्खुवासभा निवासी निमा शेर्पा, भद्रपुर–२ झापा निवासी कुमार गजमेर, मिक्लाखोला–५ ताप्लेजुङ निवासी सौगात राई तथा रामधुनी–७ सुनसरी निवासी दीपेश लिम्बू र मन्दीप लिम्बू छन् ।

त्यसैगरी, बेपत्ता हुनेमा सिलिङचोङ–१ सङ्खुवासभा निवासी उत्तरकुमारी राई, नजमाया राई, हस्तकुमार राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई माने, हर्कराज राई, आइतमाया राई र राममान राई छन् ।  


कस्तो लाग्यो ?

यो पनि