बैशाख ०८, २०८१, शनिबार
               

छोरी र प्रेमीलाई जिउँदै जलाएर हत्या

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

भारत, उत्तर प्रदेशको बांदामा प्रेमी प्रेमीकालाई जिउँदै जलाएर मारिएको छ ।

युवतीको परिवारले युवक युवतीलाई जिउँदै जलाएर हत्या गरेको हो ।

यो घटना मटौंध थाना क्षेत्रको करछा गाउँमा भएको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।

खबरअनुसार,  गाउँका एक युवकको त्यही गाउँकी युवतीसँग प्रेम सम्बन्ध थियो । 

बुधबार युवतीले युवकलाई आफ्नो घरमा भेट्न बोलाएकी थिइन् । युवतीको परिवारले उक्त युवकसँग प्रेमको चक्कर चलेको शंका गर्‍यो ।

आक्रोशति युवतीको परिवारले दुबैजनालाई निर्घात कुटपिट गर्‍यो । र उनीहरुलाई जिउँदै आगो लगाएर बाहिरबाट ढोका लगाइदियो ।

रिपोर्ट अनुसार, युवतीको परिवारले दुबै जनालाई बञ्चरोले हिर्काएर घाइते बनाए । त्यसपछि उनीहरुलाई आगो लगाइयो ।

मृतक युवकका पिताले युवतीको परिवारमाथि गम्भीर आरोप लगाएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीले ९ जनाविरुद्ध एफआइआर दर्ता गरेको छ ।

प्रहरीले युवतीको पिता हुकुम सिंह, भाइ लाखन सिंह, आमा आशा र अर्का भाइ फूलचन्द्रलाई पक्राउ गरेको छ ।

बांदा रेन्जका डिआइजी के सत्यनारायणका अनुसार, 'युवक-युवती एक अर्कालाई प्रेम गर्दथे । यो थाहा पाएपछि आक्रोशित युवतीको परिवारले उनीहरुलाई जलाएर मारेका हुन् ।'

युवकका पिताका अनुसार, 'छोरालाई बोलाएर यस्तो गरियो । यो निकै ठूलो धोका हो । घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही होस् ।'


कस्तो लाग्यो ?

यो पनि