बैशाख १३, २०८१, बिहीबार
               

अध्यक्ष दाहालसँगको भेटपश्चात उपनेता नेम्वाङले भने : दुई अध्यक्षबीच चाँडै छलफल हुन्छ

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाकै उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ ।

नेकपाको आन्तरिक विवाद सुल्झिन नसकिरहेका बेला बिहीबार अध्यक्ष दाहाल र उपनेता नेम्वाङबीच भेटवार्ता भएको हो । भेट अध्यक्ष दाहाल निवास खुमालटारमा भएको छ। 

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा सुवास नेम्वाङसँग कुराकानी गर्ने इच्छा देखाएपछि बालुवाटारकै अगुवाइमा नेम्वाङ खुमलटार दाहालसँग भेट गर्न गएका बुझिएको छ । 

यसअघि बारम्बार पार्टीको विवाद मिलाउन भन्दै दुवै अध्यक्षको विश्वास जितेका विष्णु पौडेलसँग अध्यक्ष दाहालले आक्रोश पोखेपश्चात दाहालले नेम्वाङसँग कुराकानी गर्न चाहेका हुन् । 

दाहाल भेट्न खुमलटार पुगेका नेम्वाङसँग के कुराकानी भयो भनी दुवै पक्षले खुलाएका छैनन् । तर, उपनेता नेम्वाङले भने छलफल सकारात्मक रहेको भन्दै आफू आशाबादी बनेको र सबैको पहल दुई अध्यक्षबीच समझदारी कायम गर्नेतर्फ केन्द्रित हुनुपर्ने  बताउँदै आफू दुई अध्यक्षबीच पुन: छलफल गराउन प्रयासरत रहेको बताएका छन् ।

यसका अलवा उनले दुई  अध्यक्षको भेटघाट चाँडै नै हुने सम्भावना रहेको जानकारी दिए ।

यो पनि