चैत १६, २०८०, शुक्रबार
               

पूर्वमन्त्री चौरसियालाई पनि कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वमन्त्री अजय चौरसियालाई पनि कोरोना संक्रमण भएको छ । वीरगञ्‍जमा गरिएको परीक्षणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौरसियालाई कोरोना संक्रमण पुष्टि भएको हो । पर्साको विन्दावासिनी माई गाउँपालिका-४ अमरपट्टी टोलका उनी २०५८ सालमा सहायक स्थानीय विकासमन्त्री भएका थिए ।  

बिहीबार बिहान आएको रिपोर्ट अनुसार वीरगञ्‍जमा उनीसहित ४३ जना कोराना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको  परीक्षणमा वीरगञ्जका ४०, रौतहट, बारा र महोत्तरीका एक एक जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए ।  

नयाँ संक्रमण पुष्टि भएका चौरसियासहितलाई आइसोलेसनमा राख्ने तयारी भएको छ । यसअघि जनकपुरमा प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना देखिएको थियो । वीरगञ्‍जमै संघीय सांसद प्रदीप यादव र मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि