असोज ११, २०७७, आइतबार
               

भारतका अर्का अभिनेताले गरे आत्महत्या

नेपाल फ्ल्यास
साउन २२, २०७७

बलिउड नायक सुशान्तसिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै अर्का एक अभिनेताले आत्महत्या गरेका छन् । 

‘सास भि कभी बहु ती और कहानी घरघर की’ नामको सिरियलबाट चर्चित नायक तथा मोडल समीर शर्माले बुधबार राति आत्महत्या गरेका हुन् । 

प्रहरीका अनुसार ४४ वर्षका समीरले मलाडस्थित आफ्नो फ्ल्याटको किचनमा पंखामा कपडा बाँधेर झुण्डिएर आत्महत्या गरेका हुन् । उनी पछिल्लो १५ वर्षदेखि भारतीय टेलिभिजन क्षेत्रमा काम गरिरहेका थिए ।

उनले सन् २००५ मा ‘दिल क्या चाहता है’ सिरियलबाट डेब्यू गरेका थिए । सन् २०१४ मा उनी फिल्म ‘हंसी तो फंसी’ मा देखिएका थिए । 


रिपोर्टअनुसार मृत शरीरको अवस्था हेर्दा उनले २ दिनअघि नै आत्महत्या गरेका थिए । सो घटनामा कुनै सुसाइड नोटसमेत नभेटिएका कारण घटनाबारे थप केही उल्लेख गरिएको छैन । 

बुधबार रातिको ड्युटीका क्रममा चौकीदारले उनको शव देखेपछि छिमेकीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो । 

यसअघि स्वास्थ्य समस्या देखिएपछि लामो उपचार गराएर निको भएका थिए । निको भएर काममा फर्किसकेका उनी हाल स्टार प्लसको शो ‘ये रिश्ता क्या कहलाता है’ मा काम गरिरहेका थिए । 


 

यो पनि