बैशाख ११, २०८१, मंगलबार
               

३५ किलो चरेस बरामद

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT


वीरगञ्ज । सशस्त्र प्रहरीले बुधबार बिहान भारत तर्फ लैजान लागिएको ३५ किलो लागू औषध चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ झाक्रा मसिहानी टोलबाट बिहान ४ बजेको समयमा उक्त परिमाणको चरेस बरामद गरेको हो ।

लकडाउनको बेलामा पनि भारत तर्फ तस्करी गरी लैजान लागिएको ७० वटा प्याकेटमा रहेको ३५ किलो चरेस सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।

सीमा नाका सिल भए पनि नेपाल बाट लुकाइ छिपाइ जानकी टोल नाका भएर भारत तर्फ चरेस लैजान लागेको सूचनाको आधारमा सशस्त्र बेस क्याम्प पोखरिया बाट खटिएको टोलीले सो परिमाणको चरेस बरामद गरेको हो ।

प्रहरीलाई देख्ने बितिक्कै तस्करहरुले चरेस छाडि भागेकोले उनी हरुलाई पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरी बेसक्याम्प पोखरियाका प्रहरी निरीक्षक हरित बढुवालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि