बैशाख ०८, २०८१, शनिबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्यमा फेरि वृद्धि भएको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।

प्रतितोला सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । 

महासंघले तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।

बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । 

बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्री अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ ।

सुनको मूल्य बढ्ने क्रम तत्काल रोकिने सम्भावना नरहेको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि