चैत १६, २०८०, शुक्रबार
               

नेपाली जोडी दुई करोड बराबरको गहना र नगदसहित फरार

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

भारतको हैदराबादस्थित एक घरमा काम गर्ने नेपाली जोडी २ करोड भारतीय रुपैयाँबराबरको धनमाल चोरी गरेर फरार भएको आरोप लागेको छ ।

घरेलु कामदारको रुपमा कार्यरत नेपाली जोडी नगद, गहना र विद्युतीय उपकरण गरेर २ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति लिएर आइतबार राति फरार भएको द न्यु इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

फरार उनीहरूको खोजीका लागि विशेष समूह गठन गरिएको बताइएको छ ।

द न्यु इन्डियन एक्सप्रेसका अनुसार घर–जग्गा व्यवसायी ए नरसिंह रेड्डीका छोराको गत जुलाई २९ मा विवाह थियो । 

उनको पूरै परिवार आइतबार राति फलाकनुमा प्यालेस गएको थियो । घरको सबै जिम्मेवारी त्यो नेपाली जोडीलाई दिइएको थियो ।

त्यही मौकामा उनीहरूले सुन र हिराका गहना, विद्युतीय उपकरण र पैसाको चाङ लिएर फरार भएको पीडित परिवारको दाबी छ ।


कस्तो लाग्यो ?

यो पनि