चैत १६, २०८०, शुक्रबार
               

आजबाट फेरि जोरबिजोर लागू, यस्तो छ नियम

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । आजबाट सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणले तीव्ररुप लिएपछि  यातायात सञ्चालनमा जोरबिजोर लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।

आज उपत्यकामा जोर नम्बरका सवारी मात्र चल्न पाउने गृहमन्त्रालयले जनाएको हो । गृहमन्त्रालयका अनुसार भाडाका सवारीसाधन (कालो नम्बर प्लेट) र निजि सवारीसाधन (रातो नम्बर प्लेट) भएका सबै खालका सवारीसाधनमा जोरबिजोर लागू भएको छ ।

यस्तै, अत्यावश्यक सेवाका सवारीसाधानहरुमा जोरबिजोर लागू नहुने गृहमन्त्रालयले जनाएको छ । साथै, सरकारी सवारीसाधन, स्वास्थ्य क्षेत्रका सवारीसाधन, खाद्यान्न ढुवानी, दुध, खानेपानी तथा तरकारी ढुवानीमा प्रयोग हुने सवारीसाधनमा जोरबिजोर लागू नहुने गृहमन्त्रालयको भनाइ छ । उक्त जोरबिजोरको नियम पूर्णरुपमा पालना गरिदिन ट्राफिक प्रहरी महाशाखाले सबैमा अनुरोध गरेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि