बैशाख ०६, २०८१, बिहीबार
               

सिरहाको मिर्चैयामा लकडाउन

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

लहान । सिरहाको मिर्चैया  नगरपालिकामा कोरोना संक्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो ।

नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिए । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह गरेको छ । 

यसैबीचकोरोना संक्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती संक्रमणलाई जित्न सफल भएका छन् । होम आइसोलेसनमा बसेका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उहाँकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जितेका हुन् । 

ती दम्पतीले आत्मबल बलियो बनाई स्वास्थ्यकर्मीको सुझाव अनुसार नियमितरुपमा तातोपानी तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गरेकाले कोरोनालाई सजिलै जितेको बताए ।

भारतबाट परिवारसहित फर्किएका राजविराजका एक वृद्धको यही साउन १ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । ती वृद्धको प्रत्यक्ष सम्पर्कमा आएका यादवको पनि स्वाब संकलन गरी परीक्षण गर्दा साउन ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित दम्पतीको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि