चैत १५, २०८०, बिहीबार
               

आज विदेशबाट करिव १५ सय जना नेपाली स्वदेश आउँदै

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज विदेशबाट १५ सय जना नेपाली स्वदेश फर्किने भएका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर लगाएको लकडाउनका कारण विदेशका विभिन्न देशमा रोकिएका करिब १५ सय जना नेपाली आज स्वदेश फर्किँने भएका हुन् ।

खाडी मुलुक साउदी अरब, कतार, युएई, मलेशिया र टर्कीबाट गरी १४ सय ९४ जना नेपाली आउन लागेका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार साउदी अरबबाट नेपाल एयरलायन्सका दुई वटा र हिमालय एयरलायन्सको एउटा विमानमार्फत ५ सय ६४ जना आउँदै छन् ।

यस्तै युएइबाट दुईवटा एयर अरेबिया र एउटा फ्लाई दुबइको विमानमार्फत ५२५ जना आउन लागेका जनाइएको छ । साथै, मलेसियाबाट मालिन्दो एयरलायन्सको उडानबाट १७८ र टर्कीबाट टर्कीस एयरलायन्सको विमानमार्फत ७३ जना नेपाली स्वदेश आउँन लागेको प्राधिकरणले बताएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि