बैशाख १४, २०८१, शुक्रबार
               

यस्तो छ आजको मौसम, उपत्यकामा बिहानैदेखि चहकिलो घाम (फोटो फिचर)

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । केही दिन अघिबाट देशभर भारी वर्षाका कारण विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भयो । तर, आज भने काठमाडौं उपत्यका भित्र र अन्य केही जिल्लामा बिहानैदेखि चर्को घाम देखा परेको छ ।

बर्खा लागेपछि धेरै समयको अन्तरालमा आज यस घामको मुहार देखेपछि नागरिकको मन पनि उत्साहित भएको पाइएको छ । तर, समय वर्षातको भएको कारण चाष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले भने आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार आज अर्थात बिहीबार दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै, राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि