बैशाख ०७, २०८१, शुक्रबार
               

अन्तिम समयमा ओली-प्रचण्डको भेटवार्ता स्थगित

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुस्पकमल दाहालबीच आज तय भएकाे भेटवार्ता स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार बुधबार साँझ ५ बजे हुने भनिएको भेटवार्ता स्थगित भएको हो । 

६ दिनसम्म भेटवार्ता नगरेका अध्यक्षद्वयबीच तीन दिनयता छलफल जारी छ। प्रचण्डसँगको छलफलमा ओलीले स्थायी समिति बैठकमा नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, दुवै पद नछोड्ने अडानलाई निरन्तरता दिएका छन्। 

पछिल्लो समय नेकपाका दुवै अध्यक्षले अडान नछोड्दा नेकपाको विवाद चर्किदै गएको छ । ओली र प्रचण्डबीच मंगलबार साँझ पनि छलफल भएको थियो ।  आज स्थगित भएकाे ओली र प्रचण्डबीचकाे भेटवार्ता बिहीबार बिहान हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि