बैशाख १३, २०८१, बिहीबार
               

पुष्पा अधिकारीको बालगृहमा रहेका बालबालिकाको उद्धार

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कपनमा रहेको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको छ ।

बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जना बालबालिकाको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ । 

बालबालिकामध्ये परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले जानकारी दिइन् ।

बालगृह सञ्चालक पुष्पा अधिकारीले हालै बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भनी झुटो प्रचार गरेको सार्वजनिक भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि